पार्टीको हित नै सर्वोच्च : कविन्द्र बुर्लाकोटी

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले पार्टीको बृहत् एकता, समझदारी र संगठनको हितलाई सर्वोच्च प्राथमिकता दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।

बुर्लाकोटीले एउटा जिम्मेवारीका लागि करिब दर्जन उम्मेदवारबीच प्रतिस्पर्धामा रहनु आफ्नो चाहनाको विषय नभएको उल्लेख गर्दै राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने बेला पार्टीभित्र विभाजनको अवस्था सिर्जना हुन नदिन आफू पछि हटेको बताएका छन्।

उनले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी केन्द्रीय पदाधिकारी निर्वाचनमा समझदारी कायम होस् र पार्टीमा सकारात्मक तथा बृहत् एकताको चिन्तन प्रवर्द्धन होस् भन्ने उद्देश्यले व्यक्तिगत तथा पार्टीका शुभचिन्तकहरूसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ

काठमाडौँ, १२ असार । रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको बताएका छन् । गुटबन्दीको प्रयास गर्नेहरुलाई

काठमाडौँ, १२ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ