‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ ।

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको चलचित्र ‘इलिफेन्ट्स इन द फग’ले नेपाल रिलिज लक गरेको हो । 

‘इलिफेन्ट्स इन द फग’ नेपालमा भदौ १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठ यो चलचित्रको निर्मातामध्ये एक हुन् ।  

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भन्ने चलचित्र ‘इलिफेन्ट्स इन द फग’लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन् । 

पुष्पा थिङ लामा, गौरी मल्ल, माओत्से गुरुङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

यो चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो । अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता रहेको यस चलचित्रमा फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स र पल जिश्लर, ब्रजिलबाट तातियाना लेइते तथा लेओनार्दो मेक्की र नर्वेबाट भेरोना मेइर स्टोर्म अन्तर्राष्ट्रिय निर्माता छन् । जयन्ती क्रिएसनबाट प्रचण्डमान श्रेष्ठ, कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, निर्माता छन् ।

चलचित्रलाई चलचित्रकर्मी मिन भाम, चलचित्रकर्मी प्रवेश गुरुङ, नायिका केकी अधिकारी, प्रतीक सुवेदी, प्रतिभा जोशी, सन्तोष भट्टराई, आदित्य बस्नेत र अनोज पौड्यालले निर्माताको रूपमा योगदान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा दीपेन्द्र

काठमाडौँ, १२ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा

काठमाडौँ, १२ असार। २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६ जुन २६ तारिख। जेठ शुक्ल पक्षको द्वादशी तिथि ।