रास्वपाको महाधिवेशन अवधि थप लम्बिने

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा मतदान प्रक्रिया झनै लम्बिने भएको छ ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदानको समय बिहान ९ बजेदेखि हुने प्रतिक्रिया दिएका थिए । तर, हालसम्म उम्मेदवारको प्रारम्भिक नामावली पनि सार्वजनिक गरिएको छैन ।

निर्वाचन आयोगले बिहान साढे १० बजे प्रारम्भिक नामावली निकाल्ने जानकारी गराएको थियो । उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेसँगै निर्वाचन आयोगले उम्मेदवारको फोटो सहितको अन्तिम सूची विद्युतीय मेसिनमा अपलोड गर्नका लागि उपलब्ध गराउनु पर्ने हुन्छ।

निर्वाचन आयोगका अनुसार करिब चार सय उम्मेदवारको मनोनयन दर्ता गरेका छन्। आयोगले निश्चित संख्या भने हालसम्म पनि सार्वजनिक गर्न सकेको छैन। सूची प्राप्त भइसकेपछि मेसिनमा अपलोड गर्न ४ देखि ५ घण्टा लाग्ने राम लक्ष्मण ई भोटिङ मेसिनका संस्थापक राम रिमालले जानकारी गराए।

रिमालका अनुसार एक व्यक्तिले मतदान गर्न १५ देखि १८ मिनेट लाग्नेछ । हालसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन नसक्दा रास्वपा महाधिवेशन अवधि थप लम्बिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता