सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपाको दस्ताबेज बोलोस् : उपसभापति शर्मा

झापा, ९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रियता, लोकतन्त्र, सुशासनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट हुन जरुरी रहेको बताएका छन् ।

कांग्रेस झापाको जिल्ला भेलालाई मंगलबार सम्बोधन गर्दै उनले रास्वपाको प्रथम महाधिवशेनले यी विषयमा स्पष्ट ढंगले अभिव्यक्त गर्नुपर्ने बताए । नभए प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा गएर अभिव्यक्ति फिर्ता लिन रास्वपाले भन्नुपर्ने उनको भनाइ छ । लोकतन्त्रका विषयमा पनि रास्वपा स्पष्ट हुनुपर्ने शर्माको भनाइ छ ।

उपसभापति शर्माले भने, “रास्वपा मान्दछ, प्रधानमन्त्रीले भनेझैँ नेपालले भारतको सीमा मिचेको छ ? हो भने कहाँ–कहाँ ? रास्वपाको दस्ताबेज बोलोस् । प्रधानमन्त्रीको धारणाउपर, पार्टीको कुनै लिखितम् धारणा महाधिवेशनमा बन्दैन, बनाउन सकिन्नँ भने पार्टी नेतृत्व र महाधिवेशन प्रतिनिधिले आफैँलाई सोध्नुपर्छ प्रधानमन्त्रीका अघिल्तिर रास्वपा नामक दलको के कुनै अर्थ छैन ?”

उनले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको स्रोतको बारेमा पनि प्रश्न उठाए । “प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिमा देखिएको तोलाका तोला सुनको स्रोत के हो ? रास्वपाको महाधिवेशनले त्यो स्रोत स्पष्ट गर्न आफ्ना मन्त्री र प्रधानमन्त्रीलाई निर्देशन दिने प्रस्ताव आफ्नो दस्ताबेजमा लेख्छ कि लेख्दैन ? लेख्न सक्छ कि सक्दैन ?” उनको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष