चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् ।
पार्टीको चितवनमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताए । नागरिक जिम्मेवारी पुरा गर्ने जिम्मेवारीका साथ रास्वपा उभिएको भन्दै अन्य दलका नेताहरूलाई निर्धक्क हुन आग्रह गरे ।
सभापति लामिछानेले भने, ‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ । बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ । लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकार लगायत थुप्रै उपहारको हामी जगेर्ना गर्नेछौँ ।’





