रास्वपाले आफ्नो गतिसँगै ब्रेकको ख्याल गरोस् : नेता ज्ञवाली

चितवन, ७ असार । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन् ।

रास्वपाको आजबाट चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ दलका रूपमा रास्वपाले छोटो समयमा हासिल गरेको उपलब्धिलाई सङ्गठित र व्यवस्थित गर्नुपर्ने बताए । 

उनले भने, ‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिन्छ। यदि एक्सिलेटर मात्र थिचियो र ब्रेक थिचिएन भने दुर्घटना हुनसक्छ । रास्वपाले पनि आफ्नो गतिसँगै सन्तुलन (ब्रेक) को ख्याल गरोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, ७ असार । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण

काठमाडौँ, ७ असार ।हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो २ बजेर ३२ मिनेटमा धक्का महसुस गरिएको राष्ट्रिय

काठमाडौँ, ७ असार । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांक अनुसार

काठमाडौँ, ७ असार । श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका