खशोग्गी हत्याको आलोचनापछि साउदी राजाले गरे मन्त्रीहरुको फेरबदल

एजेन्सी, १३ पौष । साउदी अरबीयाका राजा सलमानले जमाल खशोग्गीको हत्यापछि विश्वव्यापी रुपमा साउदीको आलोचना भएपछि बिहिबार सरकारमा फेरबदल गरेका छन् ।

यी निर्णयहरु एक शाही घोषणाबाट गरिएको जनाएको छ । निवर्तमान विदेशीमन्त्री अडेल अल–जुबेरलाई विदेश मन्त्रालयको राज्यमन्त्रीमा घटुवा गरिएको छ । उनको स्थानमा अनुभवी पूर्व अर्थमन्त्री इब्राहिम अल–असाफलाई विदेशमन्त्री चुनिएको छ ।

राजा सलमानले राजकुमार अब्दुल्ला बीन बन्दरलाई नेशनल गार्डको नयाँ प्रमुख तोकेका छन् । निवर्तमान विदेश मन्त्री अल–जुबेरले कुनै समय खशोग्गीको हत्यालाई ‘गम्भिर गल्ती’ बताएका थिए । उनले खशोग्गीको ‘हत्या’मा संलग्नलाई सजाय दिइने पनि बताएका थिए ।

टर्किस अनुसन्धानकर्ताले साउदी राजकुमारको अभियोजक कार्यालयले अक्टोबर २ मा रियादबाट पठाइएको १५ जनाको साउदी एजेन्टहरुको समूहले खशोग्गीको हत्या गरेको र लासलाई अंगभंग गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टीको

वीरगन्ज, ४ असोज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको