बैंक नेपाली नागरिकको सारथी बन्नु पर्दछ : अर्थमन्त्री वाग्ले

काठमाडौँ, ७ असार । अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंक नेपाली नागरिकको सारथी बन्नु पर्ने बताएका छन् ।

बैंकहरूको स्थापनाको प्रमुख उद्देश्य नै नागरिकको हित, भलो गर्नुपर्ने भएकाले सोही अनुरुप कार्यसम्पादनमा जुट्नुपर्ने उनले बताए ।

नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री वाग्लेले नेपाल बैंकको ८ दशक लामो गौरवशाली इतिहासको चर्चा गरे ।

हेटौंडामा २०२५ सालदेखि नै नेपाल बैंकको उपस्थिति रहेको स्मरण गर्दै उनले इतिहास र परम्परा जोगाउँदै आधुनिक प्रविधिमैत्री सेवा दिन कर्मचारीहरूलाई आग्रह गरे । हेटौंडा बागमती प्रदेशको राजधानी समेत भएकोले सो क्षेत्रको आर्थिक गतिविधिमा बैंकको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

उनले भने, ‘वि.सं. १९९४ मा बैंकिङ ऐन आउँदा त्यसको प्रस्तावनामा नै नेपाली जनताको बढिंया (भलो) गर्न भनेर लेखिएको थियो ।’ ‘राणाकालीन इतिहास र त्यो बेलाको भाषामा लेखिएको त्यो उद्देश्यलाई आत्मसात् गर्दै नेपालको पहिलो बैंकले आज आधुनिकीकरणको बाटोमा फड्को मारिरहेको देख्दा खुसी लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, ७ असार । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण

काठमाडौँ, ७ असार ।हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो २ बजेर ३२ मिनेटमा धक्का महसुस गरिएको राष्ट्रिय

काठमाडौँ, ७ असार । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांक अनुसार

काठमाडौँ, ७ असार । श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका