काठमाडौँ, ७ असार । हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन भएको छ ।
हास्य कलाकार शिवहरि पौडेलका अनुसार कलाकार शर्माको अमेरिकाको बाल्टिमाेरमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।
पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । उनी टेलिफिल्म `चतुरेको दाउपेच´ बाट चर्चामा छाएको थिए ।
मृतक शर्माले थुप्रै टेलिफिल्म र फिल्महरूमा समेत काम गरेका छन् ।






