काठमाडौँ, ६ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेता पाण्डेले देशको भूराजनीति निकै सङ्कटमा परेको र त्यसको मुख्य कारक वर्तमान सरकार रहेको आरोप लगाएका छन् ।
४९औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३५औँ किसान सङ्घर्ष दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले सत्तामा अपरिपक्व र जनविरोधी शक्ति पुग्नुमा कम्युनिस्ट पार्टीहरूको अदूरदर्शिता मुख्य कारक रहेको दाबी छ।
उनको ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैरकानुनी हर्कत जनताका लागि चुनौती बनेको जिकिर गरेका हुन् । सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरे का छन् । देशभरका १३ लाख सुकुमबासी परिवारले स्थायी बसोबासको माग गर्दै निवेदन दिए पनि राज्यले उनीहरूलाई जनता नै नठानेको पाण्डेले बताए ।
उनले भने, ‘हाम्रो विगतको गल्तीले जनविरोधीहरू सरकारमा छन्, उनीहरूविरुद्ध एक भएर सङ्घर्ष गर्नुको विकल्प छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको सरकार छ। भर्खरै ल्याएको बजेटमा सामान्य जनतालाई प्रत्यक्ष असर पर्ने गरी ५० युनिटभन्दा माथिको बिजुलीमा भ्याट लगाइएको छ, जसले गरिबको ढाड सेक्ने काम गरेको छ।’






