स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३० जना घाइते

उदयपुर, ६ असार । स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको उक्त दुर्घटनामा परेर ३० जना घाइते भएका छन् । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस उदयपुर गढी गाउँपालिका–०७ जोगिटोलस्थित सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिका बिमलेश दत्तको मृत्यु भएको छ । उनको उपचारका क्रममा बिहान ९ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुई जना गम्भीर घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने २८ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit