गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ : मन्त्री पौडेल

रुपन्देही, ६ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताएका छन् ।  

शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । राजनीतिक तथा कूटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा सत्यता नरहेको उनको भनाइ छ । मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको बताए । 

पौडेलले भने, “घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ । यसका लागि काठमाडौँ जान पर्दैन ।”

मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक ल्याउन प्रवर्द्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताए । उनले भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

रुपन्देही, ६ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताएका छन् ।   शुक्रबार

काठमाडौँ, ६ असार । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै इजाजतपत्रवाला संस्थाहरू (म्यानपावर) लाई आफूले विदेश पठाएका

काठमाडौँ, ६ असार। पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक