काठमाडौँ, ५ असार । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार साना तथा मझौला आयोजनाको विकास र प्रवर्द्धन गर्ने एवम् लगानीका विस्तारका लागि उक्त निर्णय गरेको हो ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले साना तथा मध्यम स्तरका आयोजनाको विशेष प्रवर्द्धनका लागि यस्तो व्यवस्था गरिएको जानकारी दिए।
नेपालको जलविद्युत् इतिहास पनि साना आयोजनाबाटै अगाडि बढेको हो । कूल पाँच सय किलोवाट क्षमताबाट सुरु भएको जलविद्युत् इतिहास आज ठुला जलाशययुक्त आयोजनासम्म पुगेको छ ।






