बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न नेता श्रेष्ठको आग्रह

काठमाडौँ, ४ असार । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको चिया उद्योग बन्द हुने गरी देखा परेको वर्तमान संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न माग गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भारतले लिएको नीतिका कारण चिया उद्योगहरू बन्द हुने अवस्थाको समाधान गर्न सरकारसँग आग्रह गरेका हुन् । 

उनले लेखेका छन्, ‘भारतले लिएको नीतिको कारणबाट नेपालको चिया उद्योगहरू बन्द हुने गरी देखा परेको वर्तमान संकटको समाधान गर्न  तत्काल भारत सरकारसँग वार्ता गरी सकारात्मक समाधान निकाल्न  सरकारसँग जोडदार अनुरोध गर्दछु । यसबाट  नेपालको अर्थतन्त्र ,रोजगारी र निर्यात व्यापारमा ठुलो  धक्का पुग्ने भएकाले सरकारले यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिई तत्काल भारतीय पक्षसँग  वार्ता गरी यो संकटको समाधान गर्नु जरुरी छ’, ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति