सरकारले देशको लागि अत्यन्त घातक कार्य गर्दैछ : नेता रावल

काठमाडौँ, ४ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले दक्षता र अनुभव हासिल गरेको जनशक्तिलाई हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाएका छन् । 

रास्वपाको झन्डै दुई तिहाइ बहुमतको सरकारले सहसचिवभन्दा माथिका एवं लामो समय प्रशासनिक सेवा गरेका १० हजार बढी कर्मचारीलाई अवकाश दिन लागेको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् । 

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘रास्वपाको झन्डै दुई तिहाइको सरकारले सहसचिवभन्दा माथिका एवं लामो समय प्रशासनिक सेवा गरेका १० हजार बढी कर्मचारीलाई अवकाश दिने कुरा चर्चामा आएको छ। नेपालको इतिहास हेर्दा २००७ सालको परिवर्तनपछि बाह्य शक्तिको इशारामा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले ठूलो संख्यामा सेनाको कटौती गरेर दक्षिण एसियामा शक्तिशाली रहेको नेपाललाई कमजोर बनाए। २०४६/४७ सालको आन्दोलनपछि बहुमत प्राप्त नेपाली कांग्रेसको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकातिर प्रतिजासुसी संगठन खारेज गरी राष्ट्रको सुरक्षा प्रणाली कमजोर तुल्याए भने अर्कोतिर राज्यले धेरै ठूलो लगानी गरेर उत्पादन गरेको जनशक्तिलाई ठूलो सङ्ख्यामा हटाई प्रशासनयन्त्रलाई कमजोर बनाए।अहिले फेरि राज्यको धेरै ठूलो लगानी भएको र लामो समय प्रशासनयन्त्रमा रहेर दक्षता र अनुभव हासिल गरेको जनशक्तिलाई हटाएर राज्यलाई कमजोर बनाउने खेल खेलिँदैछ । पुराना राजनीतिक दल सत्तामा रहेको बेलाका कर्मचारी भन्ने बहानामा लोकसेवा आयोगको परीक्षा र प्रशासनिक प्रक्रियाबाट छानिएका र अनेकौं तालिम र अनुभव हासिल गरेका कर्मचारीहरुलाई निष्कासन गर्ने भनेको नेपाल जस्तो आर्थिक कठिनाइ र अनेक प्रकारका समस्याहरुले ग्रस्त देशको लागि अत्यन्त घातक कुरा हो । यस्तो संवेदनशील विषयमा राजनीतिक दलका नेताहरु, सांसद, स्वयं कर्मचारीहरु र नागरिकहरूको गम्भीर रुपमा ध्यान जानुपर्छ । नेपाल २००७ सालपछिको परिवर्तनका अनेक चरणहरूमा यस्ता प्रकारका षड्यन्त्रहरू र प्रयोगबाट आक्रान्त हुँदै आएको छ। यस्तो स्थितिबाट देशलाई जोगाउनु पर्छ । चेतना भया ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको चिया उद्योग बन्द हुने गरी देखा परेको वर्तमान संकट

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति

काठमाडौँ, ४ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले दक्षता र अनुभव हासिल गरेको जनशक्तिलाई हटाएर राज्यलाई