सचिव अधिकारीद्वारा राप्रपा परित्याग: अध्यक्ष लिङ्देनमाथि लगाइन् गम्भीर आरोप

काठमाडौँ, ४ असार । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टी परित्याग गरेकी छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै उनले राप्रपाले बोकेका मूल एजेन्डाहरू ओझेलमा परेकाले आफूले पार्टी छाड्नु परेको बताएकी छन् । उनले पार्टीले मूल सिद्धान्त छोडेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरी अलग भएको घोषणा गरेकी हुन् । 

अधिकारीले भनेकी छन्, ‘नेपालमा बहुसंख्यक जनता सनातन हिन्दु परम्परा र ओमकार परिवारसँग आबद्ध हुँदाहुँदै पनि हामीले सडक, सदन वा सरकार—कुनै पनि तहमा ती मुद्दाहरूलाई आवश्यक दृढताका साथ उठाउन सकेनौँ । त्यसैले तपाईँ यी मुद्दा र विचारधाराको प्रभावकारी नेतृत्व गर्न असफल हुनुभएको निष्कर्षमा पुगेको छु ।’

आफू एजेन्डा र विचारका कारण राप्रपामा जोडिएपनि अहिले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनाएको र व्यक्तिगत पद तथा स्वार्थका लागि मूल एजेन्डाहरूलाई क्रमशः विस्मृत गराइएको बताएकी छन् । ‘आलोचनाभन्दा चाप्लुसीलाई प्राथमिकता दिने संस्कृतिले पार्टीलाई झन् कमजोर बनायो । विगतमा हामीले सुधारका लागि धेरै प्रयास गर्‍यौँ, तर ती सबै निष्फल भए’ अधिकारीले भनेकी छन् ।

यसअघि उनलाई पार्टीले अनुशासनको कारबाही गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको चिया उद्योग बन्द हुने गरी देखा परेको वर्तमान संकट

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति

काठमाडौँ, ४ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावलले दक्षता र अनुभव हासिल गरेको जनशक्तिलाई हटाएर राज्यलाई