पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा निर्मल निवास ३ घण्टा खुला

काठमाडौँ, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८०औँ जन्मोत्सव निर्मल निवासमा मनाउने भएका छन् । 

पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा असार २३ गते शाहको जन्मोत्सव निर्मल निवासमा मनाउने जनाएका छन् । 

पाठकले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘जनचाहाना अनुसार निर्मल निवासमा आयोजना हुने समारोहमा मौसुफबाट शुभकामना तथा अभिवादन ग्रहण गरिबक्सने कार्यक्रम रहेको छ’, ‘सबै शुभेच्छुक, जनसमुदाय, सङ्घसंस्था, तथा आम नागरिकहरूका निम्ति असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा

काठमाडौँ, ५ असार । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत्

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्

काठमाडौँ, ५ असार । जेठ ५ गते पछि विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । आज सरकारका