स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने रिट खारेज

काठमाडौँ, २ असार । स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

आज प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।

स्वार्थ जोडिएका व्यक्तिहरू मन्त्री बन्न र बनाउन रोकिनुपर्ने माग राखेर २०८० चैत १९ मा सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका थिए । ‘स्वार्थको द्वन्द्व’ रोक्न कानुनी व्यवस्था गर्न समेत माग गर्दै रिट दायर भएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता विवाद प्रकरणमा पनि सफलले दिएको रिटमा सर्वोच्चबाट सांसद, उपप्रधान एवं गृहमन्त्री र पार्टी सभापतिको पद नै समाप्त भएको थियो । पुनः जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अर्काे नागरिकता बनाएर लामिछाने ती पदमा दोहोरिएका थिए । 

रिट दायर भएपछि तत्कालीन न्यायाधीश रहेका डा.शर्माको एकल इजलासबाट निवेदनमा उठाइएका विषय गम्भीर सार्वजनिक महत्त्वको र सुशासनसँग सम्बन्धित रही विषयवस्तुको प्रकृतिबाट चाँडो निर्णय हुन आवश्यक देखिएको भन्दै मुद्दालाई ‘अग्राधिकार’ प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । आज

काठमाडौँ, २ असार । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज नदेखेको बताएका छन् ।  आज

काठमाडौँ, २ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको

काठमाडौँ, २ असार । सेफ सन्तोष साह रिहा भएका छन् । बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह सोमबार रिहा भएका