विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सांसदको माग

काठमाडौँ, २ असार । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सेवाप्रदायकको मनोपोली भएको बताए । 

उनले भने, “वर्ल्डकप मेरो पनि चासोको विषय हो । युवाहरूको त झनै चासो छ । तर, ९९९ रुपैयाँ तिनुपर्छ । मनोपोली छ,” “कयौँ मान्छे व्यघ्र हुँदा पनि आफ्नो पहुँच पुर्‍याउन सकेका छैनन् ।”

उनले सेवा प्रदायकलाई निःशुल्क गरिदिन आग्रह गरे । “अब त पुग्यो होला नि ! उठाउने जति आम्दानी भइसक्यो होला,” उनले अगाडि थपे, “म नेपाल सरकारलाई आफ्नो टेलिभिजन च्यानलमार्फत निःशुल्क उपलब्ध गराउन अनुरोध गर्छु ।” टेलिभिजनमा विश्वकप हेर्न ९९९ तिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ ।  केन्द्रले

काठमाडौँ, २५ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर

काठमाडौँ, २५ असोज । कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज