स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र बोर्डमा पदाधिकारीका लागि आवेदन

काठमाडौँ, २ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरू, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले आज मङ्गलवार एक सूचना जारी गर्दै इच्छुक र योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो । मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन खुला गरिएको छ ।

  यसैगरी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का लागि ७ जना सदस्य र १ जना सदस्य सचिव, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि कार्यकारी निर्देशक, तथा स्वास्थ्य बिमा बोर्डका लागि अध्यक्ष र कार्यकारी निर्देशक पदमा दरखास्त माग गरिएको छ । नेपाल नर्सिङ परिषद्को हकमा भने उपाध्यक्ष पदका लागि समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज

काठमाडौँ, २ असार । बजारमा लिचीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज एकैदिन

काठमाडौँ, २ असार । कञ्चनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कञ्चनपुरमा १३ वर्षीया

काठमाडौँ, २ असार । गोरखामा एक युवकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  प्रहरीका