नेकपाद्वारा सदस्यता नवीकरण अभियान सुरु

काठमाडौँ, १ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज गतेदेखि सदस्यता नवीकरण अभियान सुरु गरेको छ ।

नेकपाको पार्टी स्कुल विभाग प्रमुख बेदुराम भुसालले पार्टीको यसअघिकै बैठकको निर्णयअनुसार, सदस्यता नवीकरण अभियान सुरु भएको जनाए ।

नवीकरण अभियान डिजिटल्ली र म्यानुअल्ली दुवै किसिमले अघि बढ्ने उनको भनाइ छ । सबैको पहुँचमा इन्टरनेट, मोबाइल नहुन पनि सक्ने भएकाले आफूहरूले त्यसतर्फ ध्यान दिएको उनको भनाइ छ ।

नेकपाले संगठनको सम्पूर्ण अभिलेख डिजिटलाइज गर्ने निर्णय गरेको र कार्यान्वयनमा सोहीअनुसार अघि बढेको भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्काले आफ्नो वडालाई उज्यालो र विकसित वडाको

काठमाडौँ, १ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज गतेदेखि सदस्यता नवीकरण अभियान सुरु गरेको छ । नेकपाको पार्टी स्कुल विभाग

भक्तपुर, १ असार । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन

काठमाडौँ, १ असार । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको