पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल

काठमाडौँ, १ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव नभएको बताएका छन् । 

आज एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यको पदभार ग्रहण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नयाँ ढङ्गले अघि बढ्नुपर्छ भन्ने मान्यता अनुसार पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने बताएका हुन् । 

उनले भने, ‘पहिलो कुरा आम निर्वाचन २०८२ को समीक्षा गर्ने र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अघि बढाउने भन्ने विषयमा पार्टी पंक्तिको भावनाको प्रतिनिधित्व गर्दै कार्यदलका तर्फबाट सुझाव संकलन गर्ने प्रक्रियामा छ’, ‘तर अहिले पार्टी कुनै निष्कर्षमा पुगेको छैन ।’ ‘एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन । त्यसका लागि शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक छ’, पोखरेलले भने,‘ यी तिन वटै काम गर्न पुनर्गठनको योजना बनाउनुपर्छ त्यसका लागि बनाइएको कार्यदलले काम थालेको छ ।’

महासचिव पोखरेलले कार्यदलले पार्टी पुनर्जागरणका निम्ति काम गरिरहेकाले पार्टीमा कुनै मतमतान्तर नभएको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट विनियोजन गरेको

काठमाडौँ, १ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा

काठमाडौँ, १ असार । सेफ सन्तोष साहलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ ।  जिल्ला प्रहरी परिसर

काठमाडौँ, १ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताएका छन् ।