नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाउन सांसद तामाङको आग्रह

काठमाडौँ, १ असार । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आवश्यक परे नेपाल भारत सीमामा आवश्यक परे पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनीन् ‘आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनुपरे वाल नत्र भने काँडेतार भने पनि लगाइयोस्’ ।

कुनै पनि राष्ट्रको सार्वभौमिताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमाको सुरक्षाको सुनिश्चितता भएको उल्लेख गर्दै उनले भनिन्, ‘यदि राज्यले आफ्नो भूमिको रक्षा गर्न सकेन भने  त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ ।’

यसकारण पनि नेपाल सरकारले सीमासम्बन्धी सबै सत्यतथ्य छानबिन गरी आवश्यक कुटनीतिक पहल गरी सीमा विवाद समाधानको काम अगाडि बढाउनुपर्ने उनको आग्रह रहेको छ । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी जस्ता क्षेत्रहरू नेपालका क्षेत्रहरू नेपालको नेपालको राष्ट्रिय स्वाधिनता र मौलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय हुन्’, उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा

काठमाडौँ, ५ असार । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत्

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्

काठमाडौँ, ५ असार । जेठ ५ गते पछि विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । आज सरकारका