आइतबार इरानसँगको सम्झौतामा हस्ताक्षर हुने ट्रम्पको दाबी

एजेन्सी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका छन् । तर, इरानले भने उक्त समयसीमाप्रति शंका व्यक्त गरेको छ ।

सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा ट्रम्पले सम्झौतामा हस्ताक्षर भएलगत्तै विश्वको महत्त्वपूर्ण होर्मुज जलमार्ग सबैका लागि खुला हुने बताएका छन् ।

यस सम्झौतामा महत्त्वपूर्ण मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरिएको र आफूहरू इलेक्ट्रोनिक हस्ताक्षरको तयारीमा रहेको जनाएको छ ।

ट्रम्पको यो भनाइ आउनुअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माएल बाघेईले सम्झौताको समयसीमाबारे सावधानीपूर्वक प्रतिक्रिया दिएका थिए । “समझदारी पत्रमा हस्ताक्षर हुने निश्चित मितिबारे हामीले पर्खेर हेर्नुपर्ने हुन्छ, यद्यपि यो भोलि नै हुने छैन,” उनले भनेका थिए ।

तर, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “सम्झौतामा भोलि हस्ताक्षर हुने तालिका तय भएको छ र हस्ताक्षर हुनेबित्तिकै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ ।”

इरानको संवद्र्धित युरेनियमको भण्डारतर्फ संकेत गर्दै ट्रम्पले भने, “उपयुक्त समयमा, जब सबै कुरा शान्त हुनेछ, हामी भित्र गएर न्युक्लियर डस्ट ल्याउनेछौँ र त्यसपछि त्यसलाई नष्ट गरिनेछ ।”

विगत धेरै दशकदेखि पश्चिमा देशहरूले इरानमाथि आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउँदै आएका छन् । इरानले भने यी आरोप अस्वीकार गर्दै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ जेठ । नेपाल विद्युत् प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै

विराटनगर, ३१ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न नसक्ने बताएका छन् ।  विराटनगरमा

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने विषय उपयुक्त नभएको

काठमाडौँ, ३१ जेठ । राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको प्रक्रियामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला र दलित समुदायका लागि छुट्टै ‘आरक्षित निर्वाचन