भारतीय वायुसेनाको विमान दुर्घटनामा पाँचजनाको मृत्यु

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार असमको जोरहाट एयर फोर्स स्टेसनमा दुर्घटनाग्रस्त भएको हो ।

विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको र त्यसलगत्तै आगलागी भएको थियो । भारतीय वायुसेनाले घटनाको पुष्टि गर्दै दुर्घटनाको कारण पत्ता लगाउन छानबिनको आदेश दिएको छ ।

इन्डियन एक्सप्रेसका अनुसार दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । वायुसेनाले घटनाको अनुसन्धान सुरु गरिसकेको छ र अधिकारीहरूको टोलीले दुर्घटनासँग सम्बन्धित परिस्थितिहरूको विस्तृत छानबिन गरिरहेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिस आलम रहेका छन् ।

एएन–३२ भारतीय वायुसेनाको दुई इन्जिन भएको टर्बोप्रप परिवहन विमान हो, जसलाई लामो समयदेखि सैन्य रसद तथा ढुवानी आवश्यकताका लागि प्रयोग गरिँदै आएको छ ।

यो विमान सोभियत संघमा भारतीय आवश्यकताअनुसार प्रतिकूल मौसम र कठिन भौगोलिक परिस्थितिमा सञ्चालन गर्न सक्ने गरी डिजाइन गरिएको थियो ।

भारतीय टेलिभिजन च्यानलहरूको रिपोर्टअनुसार यो विमान अत्यधिक उचाइमा रहेका एयरफिल्ड तथा उच्च तापक्रम भएका क्षेत्रहरूमा पनि प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम छ ।

भारतीय वायुसेनासँग हाल यस्ता करिब १०० वटा विमान रहेको बताइएको छ । एएन–३२ ले एकपटकमा ७.५ टनसम्म सामान, ५० जना यात्रु वा ४२ जना प्याराट्रुपर बोक्न सक्छ । दुर्गम क्षेत्रहरूसम्म सैनिक, उपकरण तथा आवश्यक सामग्रीको आपूर्तिमा यस विमानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ जेठ । नेपाल विद्युत् प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै

विराटनगर, ३१ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न नसक्ने बताएका छन् ।  विराटनगरमा

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने विषय उपयुक्त नभएको

काठमाडौँ, ३१ जेठ । राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको प्रक्रियामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला र दलित समुदायका लागि छुट्टै ‘आरक्षित निर्वाचन