रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने

काठमाडौँ, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ।

मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार सभापति पदका लागि ६ जनाबिच प्रतिस्पर्धा भएको थियो । तर कसैले पनि आवश्यक बहुमत हासिल गर्न नसकेकाले सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबिच दोस्रो चरणको मतदान गरिने भएको हो।

निर्वाचन परिणामअनुसार, सालिकराम घिमिरे (रुपन्देही) १९९ मत, गोपाल घिमिरे (अर्घाखाँची) ८७ मत, गणेश पौडेल (रुपन्देही) ८४ मत, डा राजकुमार सुवेदी (बाँके) ८० मत, मञ्जु भुसाल (रुपन्देही) ७१ मत र मधुप्रसाद अर्याल (रुपन्देही)ले १९ मत प्राप्त गरेका छन्। 

निर्वाचन अधिकृत सापकोटाले धेरै मत प्राप्त गरेका सालिकराम घिमिरे र गोपाल घिमिरेबिच दोस्रो चरणको प्रतिस्पर्धा हुने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा