पुराना राजनीतिक दल आफ्नै कमजोरीका कारण पतनको मार्गमा : बाबुराम भट्टराई

काठमाडौँ, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको टिप्पणी गरेका छन् ।

आज काठमाडौँमा नयाँ शक्तिको स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा अब देशमा नयाँ वैकल्पिक शक्तिको उदय अनिवार्य भएको बताए ।

भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विज्ञान, प्रविधि र मध्यमवर्गको भावनालाई बुझेर अगाडि बढेकाले सफलता पाएको बताए । यद्यपि, रास्वपाको वैचारिक धार ‘राइट अफ सेन्टर’ (दक्षिणपन्थी ढल्काइ) रहेको उनले टिप्पणी गरे ।

देशको बहुसंख्यक जनता अझै पनि गरिबीको रेखामुनि रहेको र ७०–८० प्रतिशत नागरिक शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा उनले जोड दिए ।

पूर्वप्रधानमन्त्री भट्टराईले पुरानाको विकल्पमा कम्तीमा दुई प्रमुख वैकल्पिक शक्ति हुनुपर्ने धारणा राखे । एउटा रास्वपाजस्तो ‘राइट अफ सेन्टर’ र अर्को प्रगतिशील विचार बोक्ने ‘लेफ्ट अफ सेन्टर’ (मध्य–वामपन्थी) शक्तिबीच प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ थियो ।

यी दुई धारले राष्ट्रियताको मुद्दामा सहकार्य र नीतिगत विषयमा प्रतिस्पर्धा गर्दा मात्र देशको हित हुने उनको तर्क छ ।

“उहाँहरूलाई अहिले शंकाको सुविधा दिनुपर्छ । भर्खरै उदय भएको शक्तिलाई सुरुमै आलोचना गर्नुभन्दा पनि काम गर्ने अवसर दिनुपर्छ,” उनले भने, “नेपालको जातीय, क्षेत्रीय विविधता र आर्थिक पछौटेपनलाई केवल बजारको भरमा मात्र छाड्न सकिँदैन । यसका लागि राज्यको सक्रिय भूमिका भएको विकासमुखी बाटो आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । Cyber Security Research and Innovation Nepal (CSRI Nepal) का अध्यक्ष तथा सूचना प्रविधि विज्ञ डा. शालिग्राम पराजुलीले

काठमाडौँ, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ, ३० जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा रहेको बताएका छन् । सिन्धुपाल्चोक पुगेका उनले भने, ‘सीमा

काठमाडौँ, ३० जेठ । विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।  आज उनीहरुले प्रशिक्षार्थी चिकित्सकको ड्युटी