पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ ।

यसैगरी तीन हजार ७०० अफगान शरणार्थीहरू एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले शनिबार बताएका छन् ।

विभिन्न अभियोगमा पक्राउ परेका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरुले जनाएका छन् ।

अनुमानित ६० लाख अफगानीहरू विदेशमा रहेका छन्, जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा छन् भने पछिल्लो समयमा दुवै देशले कागजातविहीन विदेशी नागरिकहरूलाई आफ्नो घर फर्कन दबाब बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असार । पोखरामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका

काठमाडौँ, १ असार । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित थुकैला गाउँबाट खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, १ असार । कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका

काठमाडौँ, १ असार । काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौँनै फर्काइएको छ। आज