संसद बैठक असार १ गतेसम्मका लागि स्थगित

काठमाडौँ, २९ जेठ । प्रतिनिधि सभाको बैठक असार १ गतेसम्मका लागि स्थगित भएको छ ।

आज सभामुख डोलप्रसाद अर्यालले बैठक असार १ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । 

आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले “विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्दै पेस गरेको प्रस्ताव सभाले स्वीकृत गरेको छ । 

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको “अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । 

सँगै बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नम्बर ८१ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पेस गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ जेठ । जुवाखालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोल्पाको ठूलीभेरी नगरपालिका–३ का ५१ वर्षीय पञ्च

काठमाडौँ, २९ जेठ । जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक

काठमाडौँ, २९ जेठ । स्रोत नखुलेको रु आठ लाख ६१ हजार ५०० सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन्

काठमाडौँ, २९ जेठ । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–७ नरकटिया गाउँकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् ।