परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीन जाँदै

काठमाडौँ, २९ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको चारदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।

आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “परराष्ट्रमन्त्री शिशिर खनालले चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा जेठ ३१ गतदेखि असार ३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ,” ।

भ्रमणमा परराष्ट्रमन्त्री खनालले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र सहयोगलाई अगाडि बढाउन पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ ।  परराष्ट्रमन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनेछन् । सो सम्मेलनमा उनले चिनियाँ व्यापारिक समुदायसँग अन्तरक्रिया गर्नेछन् । परराष्ट्रमन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रममा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । उनको असार ३ गते काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ जेठ । जुवाखालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोल्पाको ठूलीभेरी नगरपालिका–३ का ५१ वर्षीय पञ्च

काठमाडौँ, २९ जेठ । जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक

काठमाडौँ, २९ जेठ । स्रोत नखुलेको रु आठ लाख ६१ हजार ५०० सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन्

काठमाडौँ, २९ जेठ । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–७ नरकटिया गाउँकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् ।