विश्व योग च्याम्पियनसिपमा नेपाललाई ४ पदक

भारत, २८ जेठ । अहमदावाद एउटै घरबाट निस्किएका दुई साधकले विश्वको सर्वोच्च योग प्रतिस्पर्धामा नेपालको झन्डा फहराएएका छन् ।

भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न ऐतिहासिक प्रथम विश्व योग च्याम्पियनसिपमा पातन्जल योग समिति नेपालकी सल्लाहकार दुर्गा पन्तले १ स्वर्ण, १ रजत र १ कास्य गरि ३ पदक जित्दै नेपालको नाम विश्वसामु सुनौलो अक्षरमा अंकित गरिन् । उनका श्रीमान, सोही संस्थाका सल्लाहकार तारानिधी पन्तले पनि कास्य पदक हात पार्दै दम्पतीको यो सफलतालाई अझ विशेष बनाए ।

७९ राष्ट्रका खेलाडी सहभागी रहेको यस महाप्रतियोगितामा नेपालले कुल १ स्वर्ण, ५९ रजत र २१ कास्य सहित ८१ पदक आर्जन गर्‍यो । पदक संख्याका आधारमा नेपाल दोस्रो स्थानमा र स्वर्ण पदकका आधारमा पाँचौं स्थानमा रह्यो । उल्लेखनीय कुरा यो छ कि प्रतियोगितामा भाग लिएका ७९ मध्ये केवल १० राष्ट्रले मात्र स्वर्ण पदक जित्न सफल भए । आयोजक भारत १०२ स्वर्णसहित अव्वल रह्यो भने जापान,अर्जेन्टिना र सिंगापुर क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहे ।

नेपाल पछि उज्बेकिस्तान, जाम्बिया, इन्डोनेसिया,अमेरिका र रसिया शीर्ष दशमा परे । दुर्गा र तारानिधी पन्त-यी दम्पती केवल जीवनसाथी मात्र होइनन्, योगको पथमा सँगसँगै हिँडिरहेका साधक हुन । पातन्जल योग समिति नेपालमा आबद्ध रहँदै दुवैजना वर्षौंदेखि सांगठनिक रूपमा योग प्रवर्द्धन र विस्तारमा समर्पित छन् ।

पातन्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले यस उपलब्धि प्रति हार्दिक प्रसन्नता व्यक्त गर्दै भने- “दुर्गा पन्त र तारानिधी पन्त दम्पतीले विश्वमञ्चमा जुन साहस र समर्पणका साथ नेपालको प्रतिनिधित्व गर्नुभयो, त्यो हाम्रो संस्थाका लागि मात्र होइन, सम्पूर्ण नेपाली योग परिवारका लागि गर्वको क्षण हो । प्रतियोगितामा सहभागी नेपालका सबै योग खेलाडीले जुन अदम्य मनोबल र तपस्याका साथ यो महाप्रतियोगितामा भाग लिई नेपाललाई विश्वसामु चिनाउनुभयो, त्यो नेपाली योगको नयाँ उषाकाल हो । पातन्जल योग समिति नेपाल सम्पूर्ण खेलाडीप्रति कृतज्ञ छ।”

पातन्जल योग समिति नेपालका राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदीले भने-“यो उपलब्धि प्रमाण हो कि सीमित साधन र असीमित संकल्प भए नेपाली योगीले विश्वलाई जित्न सक्छन् । दुर्गाजी र तारानिधीजीको दम्पतीले प्राप्त गरेको पदकले हरेक नेपाली घरमा योगको बीउ रोप्ने प्रेरणा दिएको छ । साथै, यस प्रतियोगितामा सहभागी हुनुभएका नेपालका सम्पूर्ण योग खेलाडीहरूलाई पातन्जल योग समिति नेपालको तर्फबाट हार्दिक धन्यवाद तथा अभिनन्दन । तपाईंहरूको अविरल प्रयास र प्रयत्नले नेपाललाई विश्वमञ्चमा उचाल्यो-यो राष्ट्रका लागि सदा स्मरणीय योगदान हो ।”

वागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रादेशिक योग समितिका विज्ञ सदस्य नबराज काफ्लेका अनुसार दुर्गा पन्तको स्वर्ण पदक नेपाली योग खेलकुद इतिहासमा स्मरणीय अध्याय बनेको छ । उनले भने-“योगलाई नेपालको प्राचीन ज्ञान, संस्कृति र तपस्यासँग जोडिएको विरासत मानेर राज्यले खेलाडी प्रोत्साहन, प्रशिक्षण पूर्वाधार र अन्तर्राष्ट्रिय सहभागितामा विशेष लगानी गर्नुपर्ने बेला आएको छ ।”

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै विदेशको भूमिमा उभिएर देखाउनुभएको साहस, लगन र योग साधनाले नेपाललाई विश्वसामु गर्विलो बनाएको छ । यो पदक केवल धातुको टुक्रा होइन- यो नेपाली माटो, नेपाली परम्परा र नेपाली योग ज्ञानको विश्वव्यापी पहिचान भएको योग ध्यान आरोग्य सन्जाल नेपालका महासचिव समेत रहेका काफ्ले बताउछ्न ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ जेठ । विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित ३९ जनाविरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको

भक्तपुर, २८ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन

भक्तपुर, २८ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन

काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफूबाट बदमासी भएको छ भने मन्त्री पद नै त्याग्ने घोषणा