काठमाडौँ, २८ जेठ । विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित ३९ जनाविरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा कार्यालयले ३५ प्राकृतिक व्यक्ति र ४ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विशेष अदालतमा अभियोगपत्र पेश भए पनि सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको बताइएको छ ।





