सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : सांसद सिंह

काठमाडौँ, २८ जेठ । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि टिप्पणी गर्दै उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताएका हुन् । 

उनले भने, ‘म संविधानको हस्ताक्षर गरेको माननीय  हो तर संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारमा किन कसरी कर लिन पाइन्छ ?’ ।

त्यस्तै उनले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुने विश्वास नभएको बताएका छन् । 

उनले भने, ‘फुकिएको बजेट लामो समय टिक्दैन, त्यसकारण मलाई विश्वास छैन कि यो बजेट कार्यान्वयन हुन्छ,’ ‘बजेट कार्यान्वयन भएको भोलिपल्ट देश सिंगापुर हुन्छ, जापान हुन्छ, दुबई हुन्छ’ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ जेठ । विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित ३९ जनाविरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको

भक्तपुर, २८ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन

भक्तपुर, २८ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन

काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफूबाट बदमासी भएको छ भने मन्त्री पद नै त्याग्ने घोषणा