काठमाडौँका यी क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौँ, २८ जेठ । काठमाडौँका विभिन्न ठाउँमा तीन दिन साढे तीन घण्टा विद्ययुत आपूर्ति बन्द हुने भएको छ ।

स्यूचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ के.भी. लाइनको पुरानो तार बदली गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त कार्यका लागि कुलेश्वर वितरण केन्द्र अन्तर्गतका थानकोट फिडर र सतुंगल फिडरका स्थानमा आपूर्ति बन्द हुने जानकारी दिएको छ । ती क्षेत्रमा बिहान साढे ९ बजेदेखि दिउँसो एक बजेसम्म आपूर्ति बन्द गरिनेछ ।

थानकोट फिडरअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. १४ को कार्यालय आसपास, बालकुमारी मन्दिर, सशस्त्र प्रहरी बल कार्यालय, सिजी, पुरानो नेैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राईट फ्युचर, बाईछाप, यातायात, दाउरा डिपो, हाईभिजन कोलोनी, पशुविकास, श्रृजना चोक क्षेत्र रहेका छन् भने सतुंगल फिडर धौलागिरी गेट आसपास, सिंचाफाँट, शिबमन्दिर आसपासका क्षेत्रमा आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले मौसमको प्रतिकूलता रहेमा हाल निर्धारित गरिएको समय हेरफेर हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष