नेप्से परिसूचक २.५७ अङ्कले बढ्यो

​काठमाडौँ, २७ जेठ । आज धितोपत्र बजार (नेप्से) मा सामान्य सुधार देखिएको छ ।

तीव्र उतारचढावकाबिच नेप्से परिसूचक २.५७ अङ्क ले बढेर २७३६.१७ विन्दुमा पुगेर बन्द भएको छ ।

​आज बजार खुला भएदेखि नै उतारचढावपूर्ण रहेको थियो । सुरुवाती समयमा तीव्र वृद्धि देखिए पनि मध्याह्नपछि बजार केही दबाबमा परेको देखिन्छ । यद्यपि, अन्तिम समयमा बजार हरियो सङ्केतसहित बन्द हुन सफल भयो।

​बजारमा आज कुल ३५६ वटा स्क्रिप्सको सेयर खरिदबिक्री भएको छ । दिनभरि भएका ४९ हजार २४८ वटा कारोबारमार्फत कुल ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६३ हजार ३२७ रुपैयाँ बराबरको कुल कारोबार भएको छ।

​बजारमा आज कुल १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। आज कारोबार भएका कुल १३ उपसमूहहरूमध्ये ७ वटा उपसमूहमा हरियाली छाएको छ भने ६ वटा उपसमूह ओरालो लागेका छन् । बजारमा आज होटल्स तथा पर्यटन उपसूचक ०.५४ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.६५ प्रतिशतले बढेका छन्। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १० हजार

काठमाडौँ, २७ जेठ ।औद्योगिक क्षेत्रमा वर्षौंदेखि जरा गाडेर बसेको बेथिति र राजनीतिक ‘सेटिङ’ विरुद्ध उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी

काठमाडौँ, २७ जेठ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनु भएको छ । बुधबार प्रतिनिधि सभाको अर्थ

काठमाडौँ, २७ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।