नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट हामी माथि आक्रमण भइरहेको छ: मन्त्री वाग्ले

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट  प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । सार्वभौम संसदका माननीज्यूहरु पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन उहाँले आग्रह गर्नुभयो । संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उहाँले बताउनुभयो ।

“प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,”अर्थमन्त्री वाग्लेले भन्नुभयो, “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा