इरानमाथि अमेरिकाको जवाफी आक्रमण

एजेन्सी, २७ जेठ । इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो एउटा हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको घोषणा गरेका छन् ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले मंगलबार ईएसटी समय अनुसार अपरान्ह ५ बजेदेखि इरानका विभिन्न ठेगानामा हमला सुरु गरेको हो । 

सेन्टकमले एक विज्ञप्ति जारी गर्दै यो सैन्य कारबाही इरानको बिनासित्तिको आक्रामक व्यवहारविरुद्ध चालिएको समानुपातिक कदम भएको बताएको छ। आक्रमणपछि पर्सियन खाडी र स्ट्रेट अफ होर्मुजको तटीय क्षेत्रमा ठुला विस्फोटहरू भएका छन् ।

इरानको ड्रोन आक्रमणको सिकार भएको अमेरिकी आपाचे हेलिकप्टरमा सवार दुई चालक दलका सदस्यलाई भने सुरक्षित उद्धार गरिएको छ। अमेरिकी सैन्य इतिहासमा पहिलो पटक यस प्रकारको उद्धार कार्यमा अत्याधुनिक समुद्री ड्रोनको प्रयोग गरिएको सार्वजनिक रूपमा पुष्टि गरिएको छ। 

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै दुवै पाइलट सुरक्षित र सकुशल रहेको जानकारी दिएका छन्। उनले थपेका छन्, ‘त्यसका बाबजुद पनि संयुक्त राज्य अमेरिकाले यस आक्रमणको उचित जवाफ दिनु आवश्यक थियो।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय