सिरहामा विद्यार्थीका मोबाइल नष्ट गरिनु गैरकानुनी: मन्त्री पोखरेल

सिरहा, २६ जेठ । शिक्षामन्त्री सस्मित पोखरेलले सिरहामा परीक्षाका क्रममा परीक्षार्थीबाट खोसिएका मोबाइल फोन र स्मार्ट वाच नष्ट गरिनु गैरकानुनी भएको बताएका छन् ।

मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले कसैको निजी सम्पत्ति त्यसरी नष्ट गरिनु गैरकानुनी भएको बताए । उनले यसको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र पीडित विद्यार्थीलाई क्षतिपूर्ति दिइनुपर्ने पनि बताए ।

उनले भने, ‘हाम्रो मन्त्रालयबाट त्यस्तो कुनै पनि निर्देशन गएको छैन, जुन निर्देशन भएर मोबाइल नष्ट भयो, त्यो गैरकानुनी छ । कसैले कानुनी प्रक्रिया अगाडि सारेर अदालतमा गएर अदालतले क्षतिपूर्ति दिनु भन्यो भने अथवा सम्बन्धित अन्य कुनै निकायले क्षतिपूर्ति दिने भनेर कुरा गर्‍यो भने, गैरकानुनी कुरा हो भने त क्षतिपूर्ति दिनुपर्छ ।’

सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट ७ थान आइफोन, ४८९ थान एन्ड्रोइड फोन र ५ थान स्मार्ट वाच जफत गरिएको थियो । ती उपकरणहरूलाई प्रमुख जिल्ला अधिकारी नेतृत्वको परीक्षा समन्वय समितिले जिल्ला प्रहरी कार्यालय सिराहाको प्रा‌ंगणमा पानी भरिएको ड्रममा डुबाएर नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा