अकबरे खुर्सानीको मूल्य बढ्यो

काठमाडौँ, २६ जेठ । हरियो अकबरे खुर्सानीको मूल्य बढेको छ ।

कालीमाटी बजार विकास समितिका अनुसार आज अकबरेको मूल्य २० प्रतिशत अर्थात किलोमै ५० रुपैयाँले बढेको हो ।

सोमबार २५० रुपैयाँ  प्रतिकिलो कारोबार भएकोमा आजका लागि थोक मूल्य ३०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।

यस्तै, आज भेडे खुर्सानीको मूल्य पनि बढेको छ । सोमबार ६८ रुपैयाँ ७५ पैसामा कारोबार भएकोमा आज बढेर ७५ रुपैयाँ किलो पुगेको छ ।

हरियो खुर्सानी (माछे), हरियो खुर्सानी (बुलेट) को मूल्य भने यथावत रहेको छ । माछेको ५५ र बुलेटको प्रतिकिलो ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेड संख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट एक

काठमाडौँ, २६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको काम कारबाही प्रति असन्तुष्टि जनाएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले

काठमाडौँ, २६ जेठ । आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद

काठमाडौँ, २६ जेठ । विगत लामो समयदेखि औद्योगिक क्षेत्रको अर्बौँ रुपैयाँ बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा