७ दिनभित्र बक्यौता रकम भुक्तानी नगरे उद्योग बन्द गर्ने र उद्योगका सञ्चालकलाई नै पक्राउ गर्ने तयारी

काठमाडौँ, २६ जेठ । विगत लामो समयदेखि औद्योगिक क्षेत्रको अर्बौँ रुपैयाँ बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीहरूमाथि सरकारले अहिलेसम्मकै सबैभन्दा कठोर डण्डा चलाउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ७ दिनभित्र बक्यौता रकम भुक्तानी नगरे उद्योग बन्द गर्ने मात्र नभई, सरकारी रकम हिनामिना गरेको कसुरमा उद्योगका सञ्चालकहरूलाई नै पक्राउ गरी कानुनी कारबाही गर्नेसम्मको आन्तरिक तयारी थाल्नुभएको छ।

विगतका सरकारहरूले बिभिन्न बहाना बनाउँदै र सेटिङ गर्दै ठूला उद्योगीहरूलाई जोगाउँदै आएकोमा वर्तमान उद्योगमन्त्री यादवले ‘भनसुन र मोलाहिजा’ को राजनीति अन्त्य गर्दै कठोर कदम चाल्नुभएको हो।

ठूला नाम, मोटो रकम: कुन उद्योगको कति छ बक्यौता?

सार्वजनिक प्रतिवेदन अनुसार बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपालकै नाम चलेका बहुराष्ट्रिय कम्पनी तथा ठूला व्यापारिक घरानाहरू नै सबैभन्दा बढी बक्यौता राख्ने सूचीमा छन्। करोडौँ रुपैयाँ सरकारी बक्यौता नतिर्ने प्रमुख उद्योगहरूको विवरण यस प्रकार छ:

१      गुराँस इन्जिनियर्स प्राइभेट लिमिटेड:      जमिन बहाल आदि     ३,७३,१९,१३७.७१ (३ करोड ७३ लाख)

२      कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रा.लि.:    जग्गा/भवन बहाल      ३,६९,१०,५२२.०२ (३ करोड ६९ लाख)

३      बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक:       शैक्षिक/औद्योगिक बहाल २,५५,८६,७६३.५० (२ करोड ५५ लाख)

४      बोटलर्स नेपाल लिमिटेड (कोकाकोला):    जग्गा तथा पूर्वाधार बहाल       १,७५,२४,०१३.७३ (१ करोड ७५ लाख)

५      वालाजू अटो वर्क्स प्रा.लि. : सेवा तथा बहाल महशुल १,४५,२५,१३५.१५ (१ करोड ४५ लाख)

६      नेपाल ग्यास उद्योग: औद्योगिक जग्गा बहाल       १,३१,०६,५९५.०१ (१ करोड ३१ लाख)

७      कन्टिनेन् सर्भिसेज प्राइभेट लिमिटेड: बहाल तथा अन्य महशुल      ९९,९१,२७७.६१ (करिब १ करोड)

अघिल्लो सरकारको ‘मौन संरक्षण’ अन्त्य

यसअघिका सरकारहरूले औद्योगिक प्रवर्द्धन र आर्थिक मन्दीको बहाना बनाउँदै यी ठूला घरानाहरूलाई करोडौँको छुट दिने वा ताकेता नगर्ने नीति अख्तियार गरेका थिए। तर, नयाँ उद्योगमन्त्री यादवले राज्यको कोषमा आउनुपर्ने राजस्व र भाडामा कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट अडान लिनुभएको छ।

मन्त्री  यादब भन्नुहुन्छ  “यो पटक विगतको जस्तो पत्र काटेर मात्र छोडिने छैन। ७ दिनको समयभित्र बैंक भौचरसहित उपस्थित नहुने उद्योगहरूको लाइन काटिनेछ, उद्योग परिसर सिल गरिनेछ र अटेर गरे सञ्चालकहरू विरुद्ध सिधै वारेन्ट जारी गरी राज्यको सम्पत्ति असुली प्रक्रिया अघि बढाइनेछ।”

सरकारी पूर्वाधार संकटमा

उद्योगहरूले नियमति रूपमा जग्गा बहाल, भवन बहाल, विद्युत महशुल र पानी महशुल नबुझाउँदा औद्योगिक क्षेत्र भित्र नयाँ पूर्वाधार निर्माण गर्न, पुराना संरचना मर्मत सम्भार गर्न र साना उद्योगहरूलाई समेत सेवा दिन गम्भीर आर्थिक संकट परेको कुरा जारी सूचनामा समेत उल्लेख छ।

मन्त्री यादवको यो कठोर ‘अल्टिमेटम’ सँगै वर्षौँदेखि सरकारी सम्पत्तिमा रजाइँ गरिरहेका ठूला उद्योगीहरू र तीनका सञ्चालकहरू यतिबेला चर्को दबाबमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २६ जेठ । फिलिपिन्सको मिन्डानाओ टापु क्षेत्रमा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ

एजेन्सी, २६ जेठ । इजरायल र इरानले प्रत्यक्ष आक्रमण रोकेका छन् । यद्यपि, इरानले इजरायलले लेबनान तथा अन्य स्थानहरूमा आफ्नो

एजेन्सी, २५ जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम

एजेन्सी, २५ जेठ । इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी