उपाधि जित्न हङकङले दियो नेपाललाई १८९ रनको लक्ष्य

काठमाडौँ, २५ जेठ । हङकङले एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालसामु १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८८ रनको योगफल तयार पार्‍यो । 

हङकङका अन्शुमन रथले सर्वाधिक ८० रनको इनिङ खेले । उनले ४५ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । शाहिद वासिफले ५५ रन जोडे । उनले २८ बलमा सात चौका र तीन छक्का प्रहार गरे । 

शिव माथुरले २६ रन बनाए । पाँचौँ विकेटका लागि अन्शुमन र शिवले ८४ रनको साझेदारी गरेका थिए । 

नेपालका शेर मल्लले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए । करण केसीको नाममा दुई विकेट रहँदा सन्दीप लामिछानेले एक विकेट हात पारे । 

दुवै टोली अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा छन् । नेपालले समूह चरणमा मलेसिया र चीनलाई हराएको थियो । सेमिफाइनलमा नेपालले ओमानलाई निराश बनायो । 

यता, हङकङले समूह चरणमा ओमान, बहराइन र सिंगापुरलाई हराएको थियो । सेमिफाइनलमा हङकङले मलेसियाको चुनौतीलाई पन्छाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ ।  केन्द्रले

काठमाडौँ, २५ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर

काठमाडौँ, २५ असोज । कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज