‘लालीबजार’को कमाइ पौने ९ करोड हाराहारी

काठमाडौँ, २५ जेठ । चलचित्र विकास बोर्डले पछिल्लो आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ‘लालीबजार’को कमाइ पौने ९ करोड हाराहारीमा देखिन्छ ।

यम थापा निर्देशित फिल्म ‘लालीबजार’ ले पछिल्लो शनिबारसम्म ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिमा यो फिल्मलाई २ लाख ९८ हजार २२७ जनाले हेरेका छन् ।

‘मितज्यू’ले १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई ४५ हजार ५३३ जनाले हेरेका छन् ।

‘काजी’को कमाइ ४४ लाख ३८ हजार ९८५ रुपैयाँ ग्रस छ । यो फिल्मलाई १४ हजार २६९ जनाले हेरेका छन् । ‘रोल नम्बर १’ को कमाइ ९४ लाख ९१ हजार ६८० रुपैयाँ ग्रस छ । यसलाई ३१ हजार ७८८ जनाले हेरेका छन् ।

‘लाइफ ड्यामेज’ले ३४ लाख ४० हजार १५ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ११ हजार २४८ जनाले हेरेका छन् । ‘परालको आगो’ले ४ करोड २८ लाख ११ हजार ४४५ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई १ लाख ५४ हजार १३६ जनाले हेरेका छन् ।

‘कुम्भ’ले ३ लाख ३२ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ । यसलाई १४ सय ९४ जनाले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित