लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

काठमाडौँ, २५ जेठ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज शपथ ग्रहण गरेका छन् ।

आज लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त ५ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

लुम्बिनीमा केही दिनअघि एमालेका ४ र जसपाबाट १ मन्त्री नियुक्त भएका थिए । पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट रुपन्देहीका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घाखॅाचीका रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

त्यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत प्राधिकरणले

काठमाडौँ, २५ जेठ । सेयर बजार आज २०.२७ अंकले घटेको हो । योसँगै बजार मापक परिसूचक २७३५.१४ विन्दुमा झरेको छ

काठमाडौँ, २५ जेठ । प्रतिनिधिसभाको बैठक मंगलबारका लागि सारिएको छ । आज बसेको बैठक विपक्षीले अवरोध गरेपछि १५ मिनेटका निम्ति स्थगित

काठमाडौँ, २५ जेठ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग