इजरायलमाथि इरानको आक्रमण

एजेन्सी, २५ जेठ । इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले लेबनानको राजधानी बेरुतमाथि इजरायलले गरेको आक्रमणको जवाफस्वरूप गरिएका पछिल्ला प्रहारहरू केवल ‘चेतावनी’ मात्र भएको जनाएको छ ।

इरानी सरकारी समाचार एजेन्सी इर्नाका अनुसार राष्ट्रिय नागरिक उड्डयन संगठनका प्रवक्ता मजिद अखभानले सुरक्षा मूल्यांकनका आधारमा अर्को सूचना जारी नभएसम्म देशको पश्चिमी क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको जानकारी दिएका छन् ।

सुरक्षालाई ध्यानमा राख्दै इराक र सिरियाले पनि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् । आईआरजीसीले आइतबार जारी गरेको विज्ञप्तिमा इजरायलविरुद्ध गरिएका हालका आक्रमणहरू सम्भावित थप सैन्य कारबाहीका लागि प्रारम्भिक चेतावनी भएको जनाएको छ । उसले इजरायलले आफ्ना आक्रमण जारी राखेमा क्षेत्रभर रहेका अमेरिकी तथा इजरायली सैन्य र रणनीतिक ठेगानाहरूलाई निशाना बनाइने चेतावनी दिएको छ ।

इरानको खातम अल–अम्बिया सेन्ट्रल कमान्डका प्रमुख जनरल अली अब्दोल्लाहीले इजरायलले दक्षिणी लेबनान र बेरुतका उपनगरहरूमा आक्रमण रोक्नुपर्ने बताएका छन् ।

उनले भने, “यदि, इजरायलले आफ्नो सैन्य कारबाही विस्तार गर्‍यो वा इरानको कदमको जवाफ फर्कायो भने उसले अझ विनाशकारी र पछुताउनुपर्ने खालका आक्रमणहरूको सामना गर्नुपर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ८ भदौ । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को

काठमाडौँ, ८ भदौ । जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरेको छ ।

काठमाडौँ, ८ भदौ । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।