प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : सुधन गुरुङ

काठमाडौँ, २४ जेठ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।

आज राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए । 

उनले भने, ‘राम्रो कुरालाई सबै दलले साथ दिनुपर्‍यो’, ‘विरोधका लागि विरोध गरेर मात्र हुँदैन ।’ गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद्समेत रहेका उनले निर्वाचनमा आफूले गरेको बाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

‘मैले गरेको बाचा पहिला थियो, अहिले पनि छ भोलि पनि रहिरहनेछ’, उनले भने, ‘गोरखाले मलाई जिताएको फोटो खिच्न होइन, काम गर्न हो भन्ने बुझेको छु ।’ पूर्वगृहमन्त्री गुरुङले निर्वाचन क्षेत्रका जनताको समस्यालाई समाधानका लागि छिट्टै सचिवालय स्थापना गरेर काम गर्ने उनको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई