१९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौँ, २४ जेठ । प्रहरीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ स्थित धुन्चेबजारबाट हुण्डी रकमसहित एक जनालाई आइतबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गोसाईंकुण्ड–३ घर भएका ३५ वर्षीय मिङमार छिरिङ गुरुङ छन् । स्याफ्रुवेशीबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमो गाडीमा सवार आरोपीको साथबाट १९ लाख ५२ हजार नगद बरामद गरिएको छ ।

प्रहरीले उनीविरूद्ध हुण्डी सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई