साढे ४ लाखले गरे नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक

काठमाडौँ, २४ जेठ । साढे चार लाखले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।

सदस्यता व्यवस्थापन केन्द्रीय समिति सदस्य एवं प्राविधिक प्रमुख नवराज त्रिपाठीका अनुसार हालसम्म साढे चार लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।

उनले भने, “१४औँ महाधिवेशनमा जम्मा संख्या आठ लाख बढी हो । अहिले साढे चार लाखले त गरिसक्नु भएको छ । यसअघिका महाधिवेशनमा पनि ७५ प्रतिशतले मात्रै नवीकरण गरेको देखिन्छ, “त्यसमा नयाँ थपिने हो । १४औँ मा पनि २ लाख नयाँ थपिएका थिए । थपेको संख्या मिलाएर ८ लाख बढी भएका हुन् । अहिले सर्सर्ती हेर्दा ६ लाख पुग्ला जस्तो देखिन्छ ।”

६ लाखले क्रियाशील सदस्यता अद्यावधिक गर्ने  आकलन रहे पनि आठ लाखले नै गर्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि

काठमाडौँ, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताएका

काठमाडौँ, २४ जेठ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा

धादिङ, २३ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यासलाई निरन्तरता दिन नहुने