सभामुख अर्यालद्वारा टीकापुर पार्क अवलोकन

काठमाडौँ, २४ जेठ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित पर्यटकीय स्थल टीकापुर पार्कको एक उच्च स्तरीय संसदीय टोलीले अवलोकन भ्रमण गरेको छ ।

प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको विशिष्ट टोलीले टीकापुर नगरपालिकामा अवस्थित उक्त ऐतिहासिक पार्कको वस्तुस्थितिबारे जानकारी लिँदै अवलोकन गरेको हो ।

भ्रमण टोलीमा सभामुख अर्यालसँगै राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख तथा राष्ट्रिय सभाका उपाध्यक्ष पनि अवलोकनमा सहभागी थिए । सङ्घीय संसद्का पदाधिकारीहरूका साथै विभिन्न प्रदेशका सभामुख र उपसभामुखहरू पनि टोलीमा समेटिएका थिए ।

त्यस्तै, टीकापुर पुग्नेहरूमा कोशी प्रदेश सभाका सभामुख तथा उपसभामुख, गण्डकी प्रदेश सभाका सभामुख तथा उपसभामुख, कर्णाली प्रदेश सभाका सभामुख तथा उपसभामुख र बागमती प्रदेश सभाकी उपसभामुख रहेका छन् । आयोजक तथा स्थानीय प्रादेशिक संसद्का तर्फबाट सुदूरपश्चिम प्रदेश सभाका सभामुख तथा उपसभामुखले टोलीलाई साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि

काठमाडौँ, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताएका

काठमाडौँ, २४ जेठ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा

धादिङ, २३ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यासलाई निरन्तरता दिन नहुने