अहिलेको बजेट ‘पपुलिस्ट’ प्रकृतिको : पूर्वअर्थमन्त्री पुन

काठमाडौँ, २३ जेठ । पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले बजेटमा विभिन्न विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र संरचना हेर्दा यसलाई केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको देख्न सकिने बताउँदै बजेट स्पष्ट रूपमा कुनै क्षेत्रमा फोकस हुन नसकेको बताए । पुनले पपुलिजमको विशेषता सबैलाई कर्णप्रिय लाग्ने खालका कार्यक्रम प्रस्तुत गरेको बताउँदै ती कार्यान्वयनमा कत्तिको सम्भव हुन्छन् भन्नेबारे स्पष्टता नहुने बताउँदै सरकारले ल्याएको बजेट पनि त्यस्तै रहेको बताए । उनले धेरै कार्यक्रमहरू विगतका सरकारहरूले अघि सारेका आयोजना तथा नीतिहरूको निरन्तरताजस्तै देखिन्छन् ।

पूर्वअर्थमन्त्री पुनले भने, ‘बजेटको दृष्टिकोण केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको देखिन्छ । पपुलिजमको विशेषता भनेको सबैलाई कर्णप्रिय लाग्ने कुरा गर्ने, तर ती कुरा व्यवहारमा पूरा हुन्छन् वा हुँदैनन् भन्ने विषयमा पर्याप्त स्पष्टता नहुनु हो । सरकारको आफ्नै स्पष्ट विचार, राजनीतिक दृष्टिकोण र प्राथमिकता के हो भन्ने कुरा पर्याप्त रूपमा देखिन सकेको छैन । बजेट हेर्दा सबै विषय समेटिएको जस्तो देखिन्छ । अधिकांश कार्यक्रमहरू विगतका सरकार र राजनीतिक दलहरूले अघि सारेका आयोजनाहरूको निरन्तरता जस्ता पनि देखिन्छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कैलाली, २३ जेठ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर

काठमाडौँ, २३ जेठ । पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि ल्याएको बजेटमा स्पष्टता नरहेको बताएका छन् । राजधानीमा आयोजित एक

काठमाडौँ, २३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन

काठमाडौँ, २३ जेठ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले कतिपय क्षेत्रगतमा पर्याप्त ध्यान दिन नसकेको