६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

एजेन्सी, २१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत, युरोपेली संघ (ईयू) र अस्ट्रेलियासहित ६० व्यापारिक साझेदार देश तथा क्षेत्रमाथि १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्म भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएका छन् ।

बाध्यकारी श्रम रोक्न असफल भएको आरोप लगाउँदै उनले आफ्नो प्रमुख व्यापार नीतिलाई पुनर्जीवित गर्ने पछिल्लो प्रयासस्वरूप यो कदम अघि सारेका हुन् ।

यसको जवाफमा ईयूले तत्काल प्रतिक्रिया दिँदै अमेरिकाले गत जुलाईमा भएको ट्यारिफ सम्झौताको सम्मान गर्नुपर्ने बताएको छ । ईयूले अप्रत्यक्ष रूपमा थप लगाइने शुल्कहरू उक्त सम्झौताको मर्मविपरीत हुने तर्क गरेको छ ।

जबरजस्ती वा बाध्यकारी श्रममार्फत उत्पादन गरिएका वस्तुको आयातलाई अनुमति दिएको आरोप लागेका व्यापारिक साझेदारमाथि प्रस्तावित शुल्क अमेरिकाको सर्वोच्च अदालतले फेब्रुअरीमा ट्रम्पको तथाकथित ‘लिबरेशन डे’ ट्यारिफलाई गैरकानुनी ठहर गरेपछि आएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै

काठमाडौँ, ५ असार । दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठले ‘चलचित्र दीर्घ साधना सम्मान’ प्राप्त गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल

काठमाडौँ, ५ असार । काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि

काठमाडौँ, ५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन